Wednesday, October 28, 2009

Tuesday, October 27, 2009

Rajapur

राजापुर -बर्दिया), मङ्सिर ११ गते । बर्दिया जिल्लाको विकट गाविसका रूपमा चिनिने राजापुर क्षेत्रका स्थानीय कृषकहरू धानको उचित मूल्य नपाएका कारण मर्कामा परेका छन् । एसियाकै राम्रो धान खेती हुने स्थानका रूपमा चिनिएको बर्दिया जिल्लाको राजापुर क्षेत्रका कृषकहरूले उचितरूपमा धानको मूल्य नपाएका कारण उनीहरूले उत्पादन गरको धान सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको बताएका छन् ।
प्रत्येक वर्ष राजापुर पुग्ने एकमात्र स्थलमार्ग कोठिया घाटमा कात्तिक महिनामा जडान गरिने पल्टुन पुल मङ्सिरसम्म जडान नगरिएका कारण उत्पादन गरेको धान सस्तो मूल्यमा स्थानीय व्यापारीहरूलाई बिक्री गर्नु परेको उनीहरूको गुनासो छ ।
नदीमा पुल छैन । नदी तरेर जानसमेत कठिनाइ छ त्यसैले ठूला व्यापारीहरू राजापुर आएका छैनन् । जसको फाइदा स्थानीय व्यापारीहरूले उठाइरहेका छन्, स्थानीय कृषक पाताभार निवासी नुतन चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो- सरकारले तत्काल धानको मूल्य तोक्नुपर्दछ ।
सामान्यतयाः धानको मूल्य मोटो धानको एक हजार १५० रुपियाँ भएको भए पनि राजापुर क्षेत्रमा भने एक हजारमा मात्र धान खरिद बिक्री भइरहेको थाहा भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले बढी धान उत्पादन भए पनि स्थानीय कृषकहरूले राम्रो मूल्य नपाएको र व्यापारीहरूले आफू खुसी मूल्य तोक्ने गरेका कारण बर्दिया जिल्लाका कृषकहरू मर्कामा परेको जिल्ला कृषि विकास कार्यालय बर्दियाका कृषि प्राविधिक भानुभक्त भट्टराईले गोरखापत्रलाई बताउनुभयो ।
वाषिर्क १६५ मेटि्रक टन धान उत्पादन हुने बर्दिया जिल्लामा राजापुर क्षेत्र अन्तर्गतका ११ गाविसमा मात्र ४५ हजार मेटि्रक टन धान उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय बर्दियाका अधिकृत हृदयनाथ घिमिरेले बताउनुभयो ।
अन्य शीर्षक
► नेपाल-भारत वाणिज्य सन्धिमा आज हस्ताक्षर हुने
► नेपालमा अमेरिकी लगानीको ठूलो सम्भावनाः डा. शर्मा
► सहकारी पसलतिर उपभोक्ता आकषिर्त
► व्यवसाय प्रवर्द्धनमा गैरआवासीय नेपालीको भूमिका महìवपूर्ण
► शिक्षण पेसासँगै फस्टाउँदै छ, यमको भैँसीपालन व्यवसाय
► जी-४ समूहले भारतमा थप ५० हजार रोजगारी दिने
► गलैँचा उद्योगमा जापानी लगानी भित्रन सक्ने
► नेप्से उकालो लाग्न सकेन
► सेतो गबारोले कफी सखाप
► दसलाख पर्यटक भित्र्याउन कठिन छैन
► उखुको मूल्य वृद्धि गर्न माग
► तयारी पोसाक निर्यातमा भन्सार छुट दिन अमेरिका सकारात्मक
► बारीमा सुन फलेपछि नुन खान छैन समस्या
► नक्कली कागज बनाई कामदार पठाउनेलाई कडा कारबाही गरिने
► एसिएन पर्वतारोहण महासङ्घको सम्मेलन आजदेखि
► भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने अनुमान
► कुमारी बैङ्क सञ्चालक प्रकरण राणालाई पदमै राख्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी
► आन्तरिक पर्यटकले सौराहा भरिभराउ
► कर लगाइएका कारण इँटा उद्योग बन्द
► निर्यात बढ्यो
► भुटानी शरणार्थीको खाद्यान्न कोटा कटौती
► कृत्रिम फूलले प्राकृतिक फूलको बिक्री घटायो
► आलु खेती बिगि्रएपछि परिवार धान्न मुस्किल भयो किसानलाई
► साहसिक पर्यटकको प्रतीक स्काई ड्राइभ सम्पन्न
► गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु जरुरी